काभा पुरुष भलिबल च्यालेन्ज कपमा नेपाल साउदी अरेबियासँग पराजित

182 पटक पढिएको

सम्पादक: Dhading News

काठमाण्डाै । काभा पुरुष भलिबल च्यालेन्ज कपमा नेपाल साउदी अरेबियासँग पराजित भएकाे छ ।

आज शुक्रवार दिउँसाे श्रीलङ्कामा भएकाे खेलमा साउदी अरेबियाले नेपाललाई ३–२ काे सेटमा हरायाे । साउदी अरेबियाले पहिलाे सेट २५–२२, तेस्राे सेट २५–२३ र पाँचाैँ सेट १६–१४ ले जित्याे । नेपालले दाेस्राे सेट २५–२१ र चाैथाे सेट २७–२५ ले जित्याे ।

लिगको अन्तिम खेलमा नेपालले उज्वेकिस्तानसँग भोलि शनिवार खेल्नेछ । यसअघि भएका खेलमा नेपालले अफगानिस्तान र बङ्लादेशलाई हराएको थियो भने श्रीलङ्कासँग पराजित भएको थियो ।

छ वटा टोली सहभागी प्रतियोगितामा राउन्ड रोबिन लिगपछि अङ्क तालिकाका शीर्ष दुई टोलीले फाइनल तथा त्यसपछिका दुई टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् । फाइनल र तेस्रो स्थानको खेल पर्सि २८ गते हुनेछ ।