कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद केदार कार्की नियुक्त

85 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद केदार कार्की नियुक्त हुनुभएको छ ।

प्रदेश प्रमुख कार्यालयमा भएको सनाखतका क्रममा कार्कीलाई समर्थन गर्ने एमालेका ३९ र काँग्रेसका ८ सांसदको हस्ताक्षर सनाखत गरेपछि उहाँ मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो ।

मुख्यमन्त्रीका लागि कार्कीसँगै माओवादी केन्द्रका इन्द्र आङबोले पनि दाबी गर्नुभएको थियो । शुक्रबार दुवै आकाङ्क्षीको पक्षमा ४७र४७ सांसद्को समर्थन देखिएको भन्दै प्रदेश प्रमुखले शनिबार बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म सनाखतका लागि समय तोक्नु भएको थियो ।

तर, आङबो पक्षका समर्थक सनाखतका लागि उपस्थित नभएपछि सनाखतमा बहुमत पुष्टि भएसँगै कार्की मुख्यमन्त्री नियुक्त हुनुभएको हो ।