स्पेन, स्कटल्याण्ड र टर्की युरोकप फुटबलका लागि छनौट

125 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । स्पेन, स्कटल्याण्ड र टर्की अर्को वर्ष हुने युरोकप फुटबलका लागि छनौट भएका छन् ।

गएराति भएको समूह ‘ए’ को खेलमा नर्वेलाई १–० गोल अन्तरले हराउँदै स्पेन युरोकपका लागि छानिएको हो । सपेनको यो जितले समूहको अर्को टोली स्कटल्याण्ड पनि युरोकपमा छानियो । यो समूहमा ६ खेलबाट स्पेन र स्कटल्याण्डको समान १५ अंक छ । एक खेल बढी खेलेको नर्वे भने १० अंकसहित तेस्रो स्थानमा रहेको छ ।

युरोकप छनौटकै अर्को खेलमा वेल्सले क्रोएसियालाई २–१ गोल अन्तरले हराउँदा टर्कीले लात्भियामाथि ४–० गोल अन्तरको जित निकाल्यो । समूह डि मा ७ खेलबाट १६ अंक जोडेको टर्की युरोकपमा छनौट हुँदा १०–१० अंक जोडेका वेल्स र क्रोएसियामध्ये एक टोली सोझै युरोकपमा छानिनेछ ।

गएराति भएको अर्को खेलमा पोल्याण्डले माल्दोभासँग १–१ गोलको बराबरी खेल्दा रोमानियाले एण्डोरालाई ४–० गोल अन्तरले हरायो ।