विश्व कप: भारतसँग न्युजिल्यान्ड पराजित

172 पटक पढिएको

सम्पादक: Dhading News

काठमाण्डाै । आईसीसी एकदिवसीय विश्व कप क्रिकेट २०२३ को शीर्ष स्थानमा रहेका दुई देशबीचको खेलमा भारतले न्युजिल्यान्डलाई चार विकेटले पराजित गरेको छ ।

धर्मशालामा टस हारेर ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २ सय ७३ रन बनायो । न्युजिल्यान्डका ड्यारेल मिचेलले एक सय ३० रन बनाए । यस्तै, रचिन रविन्द्रले ७५ रन जोडे । बलिङतर्फ भारतका मोहम्मद शमीले ५ विकेट लिए ।

दुई सय ७४ रनको लक्ष्य पछ्याएको भारतले ४८ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो । विराट कोहलीले ९५ रन बनाए । कोहलीले ८ चौका र २ छक्का प्रहार गरे । न्युजिल्यान्डका लागि लोकी फर्गुसनले २ विकेट लिएका थिए । यो जितसँगै प्रतियोगितामा भारतको अपराजित यात्रा कायमै रह्यो ।

न्युजिल्यान्डलाई पराजित गरेसँगै भारतको सेमिफाइनल प्रवेश सम्भावना पनि बलियो बनेको छ । विश्व कप २०२३ मा भारतको यो लगातार पाँचौँ जित हो । प्रतियोगितामा न्युजिल्यान्डको अपराजित यात्रामा भने विराम लागेको छ । उसले यसअघिका चार खेलमा जित हासिल गरेको थियो ।