१९ वर्ष मुनिको प्रिमियर कपको उपाधि नेपाललाई

150 पटक पढिएको

सम्पादक: Dhading News

काठमाण्डौ । नेपालले यूएईलाई हराउँदै एसीसी १९ वर्ष मुनिको प्रिमियर कपको उपाधि जितेको छ । यूएईलाई डकवर्थ लेविस पद्धतिको आधारमा १९ रनले हराउँदै नेपाल च्याम्पियन बनेको हो । जितको लागि एक सय ९८ रनको विजयी लक्ष्य पछ्याएको यूएई २६ ओभर ५ बलमा १ सय ७८ रन बनाएर अल आउट भयो ।

जितको लागि २ सय ८१ रनको लक्ष्य पछ्याएको यूएईले ११ ओभरमा २ विकेट गुमाउँदै ५० रन बनाएको अवस्थामा वर्षाको कारण खेल रोकिएको थियो । त्यसपछि वर्षाको कारण लामो समय खेल रोकिँदा यूएईले २७ ओभरमा १ सय ९८ रनको लक्ष्य पाएको थियो ।

यूएईका ध्रुव पराशरले ४९ बलमा ५ चौका र २ छक्कासहित सर्वाधिक ५९ रन बनाए । कप्तान आयन खान २४ बलमा १ चौका र २ छक्कासहित ३० तथा अर्यांश शर्मा ३७ बलमा ३ चौका र १ छक्कासहित ३२ रन बनाए । अरु कुनै पनि यूएईका ब्याटरले राम्रो गर्न सकेनन् ।

कप्तान आयन खानले २ विकेट लिए । नेपाल एसिया कपमा पनि छनोट भएको छ । नेपाल, यूएई र जापान प्रिमियर कपबाट एसिया कपको लागि छनोट भएका हुन् । एसिया कप आगामी डिसेम्बरमा पाकिस्तानमा हुनेछ ।