आइसीसी बिश्वकप क्रिकेट: श्रीलंकाद्वारा इंग्ल्यान्ड ८ विकेटले पराजित

141 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । भारतमा जारी आइसीसी बिश्वकप क्रिकेटमा श्रीलंकाले इंग्ल्यान्डलाई ८ विकेटले पराजित गरेको छ ।

बिहिबार भारतको बेंगलोरस्थित केएम. चिन्नास्वामी रंगशालामा भएको खेलमा श्रीलंकाले इंग्ल्यान्डलाई ८ विकेटले पराजित गरेको हो । यसले श्रीलंकाको सेमिफाइनल प्रवेशको आफ्नो झिनो सम्भावनालाई जीवित राखेको छ भने इंग्ल्यान्डको सम्भावना लगभग समाप्त हुने संघारमा पुगेको छ ।

पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले ३३.२ ओभरमा १ सय ५६ रनसम्म मात्र बनाएको थियो। जवाफमा श्रीलंकाले २५.४ ओभरमा दुई विकेट गुमाएर १ सय ६० रन बनायो ।