आधारभुत प्राथमिक उपचार तालिम

627 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङबेसी/आधारभुत प्राथमिक उपचार तालिम लिएर बसेकाहरुको लागि शनिवार धादिङबेसीमा पुनर्ताजगी तालिम दिइएको छ ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा धादिङले यस अघि संचालन गरेको आधारभुत प्राथमिक उपचार तालिम लिएर बसेकाहरुलाई शाखाले पुनर्ताजगी तालिम दिएको हो । विभिन्न दुर्घटनामा परी घाइते भएका वा अन्य कारणले विपदमा परेकाहरुलाई उद्धार गरी प्राथमिक उपचार विधिबाट उसको ज्यान बचाउन सकियोस भन्ने उद्देश्यले नेपाल रेडक्रस सोसाइटीले बर्सेनि यस्तो तालिम उपलब्ध गराउँदै आएको छ । घाइते वा विरामीलाई तत्काल उपलब्ध हुने स्थानीय साधन र श्रोतको प्रयोग गरी घाइतेको ज्यान बचाउने कार्यमा आफुहरु सधै संवेदनशील भएर लागिरहेको तालिममा सहभागी स्वयंसेवकहरुले बताएका थिए । पुनर्ताजकी तालिम समापन कार्यक्रममा बोल्दै नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा धादिङका सीताराम कोइरालाले आगामी दिनमा विद्यालय स्तरमा पनि प्राथमिक उपचार सम्बन्धी तालिम उपलब्ध गराउने तयारी भैरहेको जानकारी दिनुभएको छ । यही भदौ २९ गते विश्य प्राथमिक उपचार दिवसको दिन धादिङबेसीमा विभिन्न कार्यक्रम आयोजना गरिएको पनि कार्यक्रममा जानकारी दिनुभयो । तालिममा नेपाल रेडक्रस सोसाइटीका प्रशिक्षक गोविन्द बुढाथोकीले सहभागी सव्यंसेवकहरुलाई प्रशिक्षण दिनुभएको थियो ।