आईसीसी टी ट्वान्टी विश्वकप छनोटमा ओमानसँग नेपाल पराजित

165 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । आईसीसी टी ट्वान्टी विश्वकप क्रिकेटको एसिया छनोटमा नेपालले ओमानसँग हार ब्यहोरेको छ । बिहीबार कीर्तिपुर मैदानमा समूह चरणको अन्तिम खेलमा नेपालले ओमानसँग ५ रनको हार ब्यहोरेको हो ।

ओमानले प्रस्तुत गरेको १ सय ४६ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ओभरमा अलआउट हुँदै १ सय ४० रन मात्र बनाउन सक्यो ।

ओमानविरुद्ध नेपाली ब्याटर चल्न सकेनन् । ओपनर कुशल भुर्तेलले २६ रन बनाउनु बाहेक सुरुआती ब्याट्सम्यानले खासै रन बनाउन सकेनन् । आसिफ शेख ५, सोमपाल कामी १२, कुशल मल्ल १० र कप्तान रोहित पौडेल १२ रनमा आउट भएका थिए ।

सन्दीप जोरा १२ रनमा पोविलियन फर्किदा गुल्सन झा ३, सन्दीप लामिछाने २ र करन केसी १५ रनमा आउट भएका थिए ।

नयाँ ब्याट्सम्यान विवेक यादवले ३९ रनको इनिङ्स खेल्दै नेपालको जितको सम्भावनालाई जगाएका थिए । तर अन्तिम ओभरमा उनीपनि क्याच आउट हुन पुगे । अविनाश १ रनमा अविजित रहे ।

ओमानका बिलाल खानले ३ तथा सकिल अहमद, मेरान खान र आकिब इलियासले समान २ विकेट लिए । जिसन मसुदको हातमा १ विकेट रह्यो