भारतसँग दक्षिण अफ्रिका २ सय ४३ रनको ठूलो अन्तरले पराजित

168 पटक पढिएको

सम्पादक: Dhading News

काठमाण्डाै – आईसीसी एक दिवसीय विश्व कप क्रिकेटमा भारतले दक्षिण अफ्रिकालाई २ सय ४३ रनको ठूलो अन्तरले पराजित गरेको छ ।

कोलकाताको इडेन गार्डेनमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३ सय २६ रन बनायो ।

तीन सय २७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका २७ ओभर एक बलमा ८३ रन मात्रै बनाएर अलआउट भयो । जारी विश्व कपमा भारतको यो लगातार आठौँ जित हो । भारत १६ अङ्कसहित शीर्ष स्थानमा छ । हिजोको जितसँगै भारत शीर्ष स्थानमा रहेरै सेमिफाइनलमा पुग्ने पक्का भएको छ ।

भारत सेमिफाइनलमा भने यसअघि नै पुगिसकेको थियो । दक्षिण अफ्रिका पनि सेमिफाइनलमा पुगिसकेको छ ।