इंग्लीश प्रिमियर लिग: चेल्सीद्वारा टोटनह्याम पराजित

123 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा चेल्सीले टोटनह्याम हट्सपरलाई ४–१ ले हराएको छ ।

टोटनह्यामको मैदानमा गएराति भएको लण्डन डर्बीमा चेल्सीलाई विजयी गराउन निकोलस ज्याक्सनले ह्याट्रिक गर्दा कोले पाल्मरले एक गोल थपे ।

टोटनह्यामका लागि डेजान कुलुसेभ्स्कीले पहिलो गोल गरेका थिए । खेलमा टोटनह्यामका दुई खेलाडीहरु रोमेरो र उडोगीले रातो कार्ड खाएपछि टोली ९ जनामा समेटिएको थियो ।

यो खेलमा कुल ५ गोल हुँदा अरु पाँच गोल भिडियो असिस्टेन्ट रेफ्री – भिएआरको सहयोगमा अस्वीकार गरिएको थियो । यो जितसँगै चेल्सी ११ खेलबाट १५ अंक जोड्दै तालिकाको दशौं स्थानमा उक्लिएको छ ।

टोटनह्यामले भने शिर्ष स्थानमा उक्लिने अवसर खेर फालको छ । २७ अंकसहित म्यान्चेस्टर सिटी शिर्ष स्थानमा रहँदा २६ अंक जोडेको टोटनह्याम दोस्रो स्थानमा छ ।