विश्वकप क्रिकेटः बंगलादेशसँग श्रीलंका पराजित

114 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अष्ट्रेलियाले अफगानिस्तान विरुद्ध तीन विकेटको जित निकालेको छ ।

भारतको मुम्बईस्थित वान्खडे रंगशालामा मंगलवार राती सम्पन्न खेलमा म्याक्सवेलले कीर्तिमानी ब्याटिङ गरेपछि अफगानिस्तानले प्रस्तुत गरेको २९२ रनको लक्ष्य अस्ट्रेलियाले १९ बल बाँकी रहँदै सात विकेट गुमाएर पुरा गर्यो ।

अस्ट्रेलियाको जितमा म्याक्सवेलले अविजित २०१ रन बनाए । जारी विश्वकपमा पहिलो दोहोरो शतक बनाएका म्याक्सवेलले १२८ बलमा २१ चौका र १० छक्का प्रहार गरे ।

अन्तर्राष्ट्रिय क्रिकेटमा यो म्याक्सवेलको अहिलेसम्मकै सबैभन्दा उच्च स्कोर हो । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा आठौँ विकेटका लागि भएको यो अहिलेसम्मकै सबैभन्दा ठूलो साझेदारी हो । ९१ रनमा सात विकेट गुमाउँदा अस्ट्रेलियाको खातामा मिचेल मार्सले २४, ओपनर डेविड वार्नरले १८ र मार्नुस लाबुसचेग्नले १४ रन जोडे ।

यसबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् । अफगानिस्तानका नवीन उल हक, अज्मतुल्लाह ओमरजाई र राशिद खानले समान दुई विकेट लिए ।
त्यसअघि, टस जितेर ब्याटिङमा आएको अफगानिस्तानले निर्धारित ५९ ओभरमा पाँच विकेट गुमाएर २९१ रनको योगफल तयार पारेका थियो ।

अफगानिस्तानका इब्राहिम जद्रानले १२९ रनको अविजित इनिङ खेले पनि टिमलाई जित दिलाउन सकेनन् । राशिद खानले ३५, रहमत साहले ३०, हस्मतुल्लाह साहिदीले २६, अज्मतुल्लाह ओमरजाईले २२ र रहमनुल्लाह गुर्बजले २१ रन जोडे । जितसँगै सेमिफाइनल प्रवेश गरेको अस्ट्रेलियाले आठ खेलबाट १२ अंक जोडेको छ ।

अस्ट्रेलिया तालिकाको तेस्रो स्थानमा छ । यो हारले अफगानिस्तानको सेमिफाइनल सम्भावना भने कमजोर बनेको छ । समान खेलबाट आठ अंक जोडेको अफगानिस्तान तालिकाको छैटौँ स्थानमा छ ।