समूह विजेता बन्दै आर्सनल च्याम्पियन्स लिगको नकआउट चरणमा

135 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । आर्सनल समूह विजेता बन्दै च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।

बुधबार समूह बीको खेलमा फ्रेन्च क्लब लेन्समाथि ६–० को शानदार जित सहित लण्डन क्लब च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको हो । पछिल्लो ७ वर्षमा आर्सनल पहिलो पटक च्याम्पियन्स लिगको नकआउट चरण प्रवेश गरेको हो ।

पहिलो हाफमा ५ गोल गर्दै आर्सनलले नकआउट चरणको यात्रा पक्का गरिसकेको थियो । काइ हभार्ट्ज, गेब्रियल जिसस, बुकायो साका, गेब्रियल मार्टिनेली र मार्टिन ओडेगार्डले पहिलो हाफमा गोल गरेका थिए ।

दोस्रो हाफमा जोर्गिन्होले पेनाल्टीमार्फत गोल गर्दै जितको अन्तरलाई बढाउने काम गरे ।

समूह बीको शीर्ष टोली आर्सनलले एक खेल बाँकी छदै १२ अंक जोड्यो । दोस्रो पीएसभी इन्दोभानको ८ र तेस्रो लेन्सको ५ अंक छ ।