साउदी प्रो लिग: अल नासर अल हिलालसँग पराजित

133 पटक पढिएको

सम्पादक: Dhading News

काठमाण्डाै – साउदी प्रो लिगमा अल नासर अल हिलालसँग ३–० गोलले पराजित भएको छ । किङ फाद इन्टरनेसनल स्टेडियम रियादमा गएराति भएको खेलमा जितसँगै अल हिलाल २२ खेलमा अपराजित छ ।

अल हिलालका एलेक्सान्दर मित्रोभिचले दुई तथा सेर्गेज मिलिन्कोभिक सभिकले एक गोल गरे । सबै तीन गोल दोस्रो हाफमा भएका थिए ।

पोर्चुगिज फरवार्ड क्रिष्टियानो रोनाल्डोसम्मिलित अल नासरले लिगमा तेस्रो हार ब्यहोरेको छ ।

गएको अगस्टमा अरब क्लब च्याम्पियन्स कपमा अल नासरसँगै २–१ ले पराजित भएयता अल हिलालले हार बेहोरेको छैन । जसमा १९ जित र ३ बराबरीको नतिजा छ ।