यूईएफए युरो कपका लागि समूह विभाजन

141 पटक पढिएको

सम्पादक: Dhading News

काठमाण्डौ – यूईएफए युरो कप सन् २०२४ का लागि समूह विभाजन भएको छ । जर्मनीको ह्यामवर्गमा ड्र समारोहसहित समूह विभाजन गरिएको हो । २४ टोलीमध्ये चार वटालाई एक समूहमा रहने गरी विभाजन गरिएको छ । जर्मनी आयोजक हुँदा छनोटमा सहभागी भएन । जर्मनी समूह ‘ए’ मा छ ।

थप तीन टोली नेसन्स लिग प्लेअफबाट टुङ्गो लाग्न बाँकी छ । ६ समूहमध्ये ‘ए’ मा जर्मनी, स्कटल्याण्ड, हंगेरी, स्विट्जरल्याण्ड, ‘बी’ मा स्पेन, क्रोएसिया, इटाली, अल्बानिया, ‘सी’ मा स्लोभेनिया, डेनमार्क, सर्बिया, इंग्ल्याण्ड, ‘डी’ मा नेदरल्याण्ड्स, अष्ट्रिया, फ्रान्स र प्लेअफमध्येको एक टोली, ‘ई’ मा बेल्जियम, स्लोभाकिया, रोमानिया र प्लेअफ टोलीमध्येको एक तथा समूह ‘एफ’ मा टर्की, पोर्चुगल, चेकीया र प्लेअफमध्येको एक टोली रहेका छन् ।

समूहबाट शीर्ष दुई टोली र चार उत्कृष्ट तेस्रो स्थान हासिल गर्ने टोली अन्तिम १६ मा प्रवेश गर्ने छन् । इटाली युरो कपको साविक विजेता हो ।