एनएसएल लिग: आज वीरगञ्ज र ललितपुर सिटी भिड्ने

162 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा मंगलबार ललितपुर सिटीले वीरगञ्ज युनाइटेडको सामना गर्नेछ । प्रतियोगितामा वीरगञ्जको यो तेस्रो खेल हो भने ललितपुरको चोथो खेल । तीन खेलबाट ५ अंक जोडेको ललितपुर तालिकाको तेस्रो स्थानमा रहेको छ ।

आजको खेल जितेको खण्डमा ललितपुर लिग तालिकाको शीर्ष स्थानमा उक्लनेछ । दुई खेलबाट अंकविहीन वीरगञ्ज भने तालिकाको पुछारमा छ ।

नौ टोली सहभागी नेपाल सुपर लिग फुटबलमा तीन खेलबाट ७ अंक जोडेको धनगढी शीर्ष स्थानमा रहेको छ । पोखरा, ललितपुर र काठमाडौंको समान ५ अंक छ । सोमबार भएको खेलमा काठमाडौं रेजर्सले झापा एफ.सटीसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको छ ।