एनएसएलमा आज झापा एफसी र वीरगञ्ज युनाइटेड एफसी खेल्दै

173 पटक पढिएको

सम्पादक: Dhading News

काठमाण्डाै – नेपाल सुपर लिग (एनएसएल) मा आज शुक्रवार झापा एफसी र वीरगञ्ज युनाइटेड एफसी खेल्दैछन् । खेल बेलुकी ५ बजे त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा शुरु हुनेछ ।

झापा र वीरगञ्ज दुवै टाेलीलाई प्लेअफमा पुग्ने सम्भावना कायम राख्न जित्नैपर्ने दबाब छ । यी दुवै नवप्रवेशी टाेली हुन् । झापा र वीरगञ्ज प्रतियाेगितामा जितविहीन छन् ।

झापा ३ खेलमा २ बराबरी र १ हारसहित २ अङ्क जाेड्दै तालिकाकाे आठाैँ स्थानमा छ । वीरगञ्ज उति नै खेलमा २ हार र १ बराबरीसँगै तालिकाकाे पुछारमा छ ।

यही मङ्सिर ८ गतेदेखि शुरु भएकाे दाेस्राे संस्करणकाे एनएसएलमा ९ वटा टिमकाे सहभागिता रहेकाे छ । प्रतियाेगितामा धनगढी एफसी, ललितपुर सिटी एफसी, पाेखरा, काठमाण्डाै रेजर्स एफसी, एफसी चितवन, इलाम, एफसी बुटवल लुम्बिनी, झापा एफसी र वीरगञ्ज युनाइटेड एफसी छन् । सबै टोलीले एकअर्कासँग खेलेपछि शीर्ष दुई टोलीले क्वालिफायर र तेस्रो र चौथो टोलीले इलिमिनेटर खेल्ने छन् ।

२०७८ सालमा भएकाे फ्रेन्चाइज लिगकाे पहिलाे संस्करणकाे उपाधि काठमाण्डाैले जितेकाे थियाे ।