एनएसएल: चितवनलाई हराउँदै ललितपुर शीर्ष स्थानमा उक्लियाे

359 पटक पढिएको

२५ मंसिर २०८०, सोमबार १३:२३ सम्पादक: धादिङ न्यूज

काठमाण्डाै – एफसी चितवनलाई हराउँदै ललितपुर सिटी एफसी नेपाल सुपर लिग (एनएसएल) काे शीर्ष स्थानमा उक्लिएकाे छ ।

आज आइतवार त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भएकाे खेलेमा ललितपुरले चितवनलाई ३–० गाेलले हरायाे । ललितपुरका पाबा केवेले २ र विवेक पाैडेलले गाेल गरे । चितवनका रफिक अमिनुले १ गाेल फर्काए ।

याे जितसँगै ललितपुरले ५ खेलमा ९ अङ्क जाेडेकाे छ । चितवन ५ खेलमा ५ अङ्कसहित तालिकाकाे पाँचाैँ स्थानमा छ ।