एनएसएल फुटबलमा आज धनगढी एफसी र चितवन एफसी भिड्दै

213 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज धनगढी एफ.सीले चितवन एफ.सीसँग सामना गर्नेछ । लिगमा धनगढीको यो पाँचौ खेल हो भने चितवनको छैटौं खेल हो । आजको खेल जितेको खण्डमा धनगढी तालिकाको शीर्ष स्थानमा उक्लिनेछ ।

चार खेलबाट ८ अंक जोडेको धनगढी तेस्रो स्थानमा छ । एक खेल बढी खेलेको पोखरा थन्डर्सको समान ८ अंक भएपनि गोल अन्तरको आधारमा दोस्रो स्थानमा छ । ९ अंकसहित ललितपुर सिटी तालिकाको शीर्ष स्थानमा रहेको छ ।

एनएसएल फुटबलमा हिजो स्पोर्टीङ इलामलाई २–१ ले हराउँदै वीरगञ्ज युनाइटेडले पहिलो जित निकालेको छ । यो जितपछि वीरगञ्जले ५ खेलबाट ५ अंक बनाएको छ भने ६ खेल खेलेको इलामको ४ अंक छ । तालिकामा इलाम पुछारमा रहँदा वीरगञ्ज पुछारबाट दोस्रो स्थानमा छ ।