युरोपा लिग फुटबलमा लिभरपुलको हार

111 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । युरोपा लिग फुटबलमा लिभरपुलले हार ब्यहोरेको छ । हिजो बिहीबार भएको समूह चरणको अन्तिम खेलमा बेल्जियमको युनियन सेन्ट गिलोइससँग लिभरपुल २–१ ले पराजित बनेको हो ।

लिभरपुलले हार सहित युरोपा लिगको समूह चरणको यात्रा सकाएको छ । घरेलु टोलीका मोहम्मद अमौराले खेलको ३२ औं मिनेटमा लिभरपुलको युवा टिमलाई पछि पारेका थिए । लिभरपुलका युवा खेलाडी जेरेल क्वान्साले ३९ औं मिनेटमा पेनाल्टी क्षेत्र भित्रबाट गोल गर्दै एनफिल्ड क्लबलाई बराबरीमा ल्याए ।

पहिलो हाफ सकिन दुई मिनेट अघि क्यामरुन पुएर्टसले घरेलु टोलीका लागि विजयी गोल गरेका थिए । दोस्रो हाफमा दुवैतर्फबाट गोल हुन नसकेपछि युनियन सेन्ट गिलोइसले लिभरपुलविरुद्ध जित आत्मसाथ गरेको हो ।

हारका बाबजुत समूह इबाट लिभरपुल ६ खेलबाट १२ अंक सहित तालिकाको शीर्ष स्थानमा रह्यो । प्रिमियर लिगको शीर्ष स्थानमा रहेको लिभरपुलले मार्च १६ सम्म युरोपा लिगका अन्य खेल खेल्ने छैन, घरेलु प्रतियोगितामा आफुलाई केन्द्रित गर्न पाउनेछ ।

लिभरपुलले अब घरेलु मैदानमा तीन महत्वपुर्ण खेल खेल्नेछ ।

प्रिमियर लिगमा आईतबार म्यानचेस्टर युनाईटेडसँग, बुधबार कारबाओ कपको क्वार्टरफाइनलमा वेस्ट ह्यामसँग र डिसेम्बर २३ मा आर्सनलसँग लिग गेम खेल्नेछ ।