लैङ्गिक विभेदमा आधारित हिंसा विरुद्ध काम गर्ने स्वास्थ्य स्वयंसेविकाहरुको प्रतिवद्धता

613 पटक पढिएको

सम्पादक: Dhadingnews.com

गायत्री खतिवडा
धादिङबेसी/न्यायिक क्षेत्र सुधार परियोजना अन्र्तगत न्यायमा महिलाको पहुँच कार्यक्रमको महिला स्वास्थ्य स्वयंसेविकाहरुका लागि महिला अधिकार र वर्तमान कानुन विषयक भाद्र १५ गते बाट शुरु भएको तालिम सोमबार सकिएको छ । महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई लैङ्गिक विभेदमा आधारित हिंसा विरुद्ध अवधारणागत स्पष्टता गराउने, हिंसा प्रभावितहरुसंग काम गर्दा लैङ्गिक संवेदनशीलता बनाउने र महिलाको पक्षमा बनेका कानुनहरुको बारेमा विस्तृत जानकारी दिने उद्देश्यले आयोजना गरिएको तालिममा जिल्लाका १५ गाविसका २३ जना महिला स्वास्थ्य स्वयं सेविकाहरुको सहभागीता रहेको थियो ।1231136_10201116926937844_1466929443_n
तालिमको तेस्रो दिन सोमबार मानववेचविखन तथा ओसरपसार, बेचविखनको माध्यम, परिभाषा, बेचविखनको कारण र बेचविखनविरुद्धको कानुन ,लैङ्गिक हिंसा, हिंसाको कारण र कानुनी प्रावधान, यौनिकता र यौनजन्य हिंसा, बलत्कार र यौनजन्य दुव्र्यवहारका बारेमा जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला सह न्यायाधिवक्ता खेमराज पाठक, महिला मानवअधिकार रक्षकहरु अम्बिका रुपाखेती र राधिका सापकोटाले जानकारी गराउनुभएको थियो ।
तालिम समापन पछि सहभागीहरुले आफुहरुमा स्वस्थ्यको मात्र ज्ञान रहेकोमा कानुनी ज्ञान प्राप्त गरेकोले आगामी दिनमा हिंसा विरुद्ध काम गर्न सजिलो भएको बताएका थिए । साथै सहभागीहरुले जिल्लामा रहेका सरकारी कार्यालयबाट प्रदान गरिने सेवा सुविधाहरुका बारेमा पनि थाहा भएकोले आगामी दिनमा अझ संवेदनशील भएर काम गर्न सघाउने विश्वास लिएका छन् । आइ सि जे नेपालको सहयोगमा भएको कार्यक्रम महिला मानवअधिकार रक्षकहरुको जिल्ला सञ्जाल, फोकस नेपाल र नारी जागरण केन्द्रको संयुक्त आयोजनामा भएको हो ।