हार्दिक पाण्डेया बने नयाँ कप्तान

180 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा मुम्बई इन्डियन्सले हार्दिक पाण्डेयालाई नयाँ कप्तान बनाएको छ । 

आईपीएलको अक्सनको केही दिन अघि मुम्बईले नयाँ कप्तानको घोषणा गरेको हो । 

हार्दिकले मुम्बई इन्डियन्समा रोहित शर्माको स्थान लिनेछन् । रोहितले मुम्बईलाई ५ आईपीएलको उपाधि जिताएका थिए । मुम्बई इन्डियन्सले बिज्ञप्ति जारी गर्दै यसको घोषणा गरेको हो ।