आज हुने भनिएको नेपाल सुपर लिग भोलिका लागि सारियो

151 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज हुने भनिएको काठमाडौं रेजर्स र धनगढी एफ.सी.बिचको खेल सोमबारका लागि सरेको छ ।

दशरथ रंगशालामा आज त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोह हुने भएकोले आजका लागि निर्धारित खेल भोलि साँझ ६ बजेका लागि सारिएको हो ।

एनएसएल फुटबलमा आज साविक विजेता काठमाडौं रेजर्स र उपविजेता धनगढी एफसीबिच खेल हुने तालिका थियो ।

एनएसएल फुटबलमा शनिबार वीरगन्ज युनाइटेड एफ.सी.लाई २–१ ले हराउँदै पोखरा थन्डर्स तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । हिजै भएको अर्को खेलमा एफ.सी चितवन र स्पोर्टिङ इलामले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।