एनएसएलमा धनगढी एफसी र काठमाण्डाै रेजर्स एफसीले बराबरी खेले

113 पटक पढिएको

सम्पादक: Dhading News

काठमाण्डाै । नेपाल सुपर लिग (एनएसएल) मा धनगढी एफसी र काठमाण्डाै रेजर्स एफसीले बराबरी खेलेका छन् ।

साेमवार त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भएकाे खेलमा धनगढी र काठमाण्डाैले १–१ गाेलकाे बराबरी खेले । खेलकाे १४ औँ मिनेटमा अहमद हिजाजीले गाेल गर्दै धनगढीलाई अग्रता दिलाएका थिए । पहिलाे हाफसम्म धनगढी १–० गाेलले अघि रहेकाे थियाे ।

खेलकाे दाेस्राे हाफमा काठमाण्डाैले बराबरी गाेल गर्‍याे । ६६ औँ मिनेटमा किङ्गे ओलिभरले गाेल गर्दै खेल १–१ गाेलकाे बराबरीमा ल्याए । त्यसपछि दुवै टाेलीबाट गाेल हुन नसकेपछि १–१ अङ्क बाँडे ।

याे बराबरीसँगै धनगढीले ६ खेलमा १२ अङ्क जाेडेकाे छ । प्रतियाेगितामा अपराजित रहेकाे धनगढी शीर्ष स्थानमा यथावत् छ । काठमाण्डाै ६ खेलमा ९ अङ्कसहित चाैथाे स्थानमा छ ।