एनएसएलमा धनगढीको अपराजित यात्रा रोकियो

119 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । धनगढी एफसीले जारी नेपाल सुपर लिग(एनएसएल)मा झापा एफसीसँग हार व्यहोरेपछि अपराजित यात्रामा पनि पूर्णविराम लगाएको छ ।

दशरथ रंगशालामा प्लेअफमा स्थान बनाउन संघर्षरत झापासँग २–० को हार व्यहोरेसँगै धनगढीको अपराजित यात्रामा पूर्णविराम लागेको हो ।

झापाका लागि कप्तान अञ्जन बिष्ट र समिराज थोकरले गोल गरे । यो हारसँगै धनगढीको प्लेअफ यात्रा पनि कठिन बनेको छ । झापाले भने यो जितसँगै प्लेअफ यात्रा जीवन्त राखेको छ । सात खेलमा धनगढी १२ अंकसहित दोस्रो स्थानमा यथावत् छ । समान सात खेलमा झापा १० अंकसहित चौथो स्थानमा उक्लियो । अब धनगढीले अन्तिम खेलमा शुक्रवार शीर्ष स्थानको पोखरा थन्डर्ससँग खेल्ने छ ।