सन्दीपविरुद्धको बलात्कार मुद्दामा आज पनि सुनुवाइ हुने

163 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको बलात्कार मुद्दामा आज फैसला हुन सक्ने सम्भावना छ ।

काठमाडौँ जिल्ला अदालतलमा न्यायाधीश शिशिर ढकालको इजलाशमा भइरहेको सुनुवाइ बिहीबार पनि नसकिएपछि आजका लागि हेर्दाहेर्दैमा राखिएको थियो ।

आइतबारदेखि न्यायाधीश ढकालको इजलासमा यो मुद्दामा अन्तिम सुनुवाइ भइरहेको छ । न्यायाधीश ढकालको इजलासले आज जवाफी बहस पनि सकेर फैसला सुनाउने तयारी गरेको छ ।

बिहीबारदेखि प्रतिवादी सन्दीप पक्षका वकिलले बहस गरिरहेका छन् । हिजो पूर्वमहान्यायाधिवक्ता समेत रहनुभएका वरिष्ठ अधिवक्ता रमण श्रेष्ठको बहस नसकिएकाले आज पनि त्यसलाई निरन्तरता दिइने जनाइएको छ । प्रतिवादीतर्फबाट बहस सकिए आजै मुद्दाको फैसला हुनेछ ।