यू–१९ विश्वकपमा नेपाल न्युजिल्यान्डसँग पराजित
207 पटक पढिएको
काठमाडौं । नेपाली यू–१९ क्रिकेट टोली विश्वकपमा क्रिकेट प्रतियोगिताको पहिलो खेलमा न्युजिल्यान्डसँग पराजित भएको छ ।
आइतबार भएको खेलमा नेपाल न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको हो । इस्ट लण्डनमा न्युजिल्यान्डले दिएको ३०३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै मात्र २३८ रन बनायो । नेपालका लागि अर्जुन कुमालले ९० रनको अर्धशतकीय पारी खेले । शतक बनाउनबाट १० रनले चुकेका उनले १०४ बलमा १२ चौका प्रहार गरे ।
नेपालका कप्तान देव खनालले ३६ रन बनाउँदा सुवास भण्डारीले ३३ तथा दिपक बोहराले १५ रन जोडे । न्युजिल्यान्डका लागि मसोन काल्करले तीन विकेट लिए । त्यस्तै वाल सेल्डरले र अस्कर ज्याकसनले दुई–दुई विकेट लिँदा माट रोय र जेस कमिङले एक–एक विकेट लिए ।