१९ वर्षमुनिको विश्व कप : बङ्गलादेशले आयरल्यान्डलाई हरायाे

221 पटक पढिएको

सम्पादक: Dhading News

काठमाण्डाै – आईसीसी १९ वर्षमुनिको विश्व कप क्रिकेटमा बङ्गलादेशले आयरल्यान्डलाई ६ विकेटले हराएको छ ।

दोस्रो खेलमा बङ्गलादेशको यो पहिलो जित हो । पहिलो खेलमा बङ्गलादेश भारतसँग पराजित भएको थियो । २ सय ३६ रनको लक्ष्य पछ्याएको बङ्गलादेशले ४६ ओभर ५ बलमा ४ विकेट गुमाउँदै पूरा गरेको थियो ।

बङ्गलादेशका मोहम्मद शिहाव जेम्सले नकआउट अर्धशतक पूरा गरे । ६३ बल खेलेका उनले ३ चौका र १ छक्काकासाथ ५५ रन बनाएका थिए । अरर अमिमले नटआउट ४५, ओपनर असिकुर रहमान शिब्लीले ४४ अर्का ओपनर अदिल विन सिद्धिकले ३६, चौधुर मोहम्मद रिजवाले २१ र अरिफुल इस्लामले १३ रन बनाएका थिए ।

आयरल्यान्डका स्कट म्याकबेथले २, जोन म्याकनेली र म्याथु विल्डनले समान १ विकेट लिए । त्यसअघि बङ्गलादेशले टस जितेर आयरल्यान्डलाई पहिले ब्याटिङको निम्तो दिएको थियो । आयरल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ३५ रन बनाएकोे थियो । उसका लागि केन हिल्टनले सर्वाधिक ९० रन बनाएका थिए । आयरल्यान्डले पहिलो खेलमा अमेरिकालाई हराएको थियो ।