एमाले धादिङको “पार्टीको लागि मेरो योगदान ~१ सय रुपैयाँको अभियान “

269 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, १२ माघ । नेकपा एमाले धादिङको नवौं जिल्ला अधिबेशन आगामी साता धादिङबेसीमा हुंदैछ । अधिबेशनको मिति नजिकिंदै गर्दा त्यस्को आवश्यक तयारीमा पार्टीको जिम्मेवार टोली खटिरहेको छ । माघ १९ गते शुक्रवार अधिबेशनको उद्घाटन नेकपा एमालेका अध्यक्ष , पूर्व प्रधानमन्त्री केपि शर्मा ओलीबाट धादिङबेसीमा हुने नेकपा एमाले धादिङले जनाएको छ ।

अधिबेशनको तयारीमा जुटेको नेकपा एमाले जिल्ला कमिटी धादिङले सो क्रममा हुने खर्च व्यवस्थापनका लागि आफ्ना पार्टी सदस्य, शुभचिन्तकहरुसंग  “पार्टीको लागि मेरो योगदान ~१ सय रुपैयाँको अभियान !” सार्वजनिक गरेको छ ।

आर्थिक सहयोग गर्न चाहने पार्टी सदस्य शुभचिन्तकहरुले क्यु आर प्रणालीबाट सिधै भुक्तानी गर्न सक्नेछन् । स्वइच्छाले दिन सकिने रकम इच्छुक व्यक्तिले पार्टीको नाममा मुक्तिनाथ विकास बैकमा रहेको बैंक खातामा जम्मा हुने गरी क्यु आर प्रविधि मार्फत भुक्तानी गर्न सकिने व्यवस्था मिलाईएको नेकपा एमाले धादिङका अध्यक्ष भूमि त्रिपाठीले वताउनु भयो ।

अधिबेशनका लागि सहयोग गरिदिन भन्दै रसिद बोकेर व्यक्ति व्यक्तिकोमा पुगेर चन्दा माग्दा राम्रो सन्देश नजाने भएकाले पार्टीका सदस्य र शुभचिन्तकहरुलाई स्वेच्छिक अभियानका लागि आग्रह गरिएको र यो अभियानबाट संकलित रकमको बिबरण जिल्ला अधिबेशनमा सार्वजनिक गरिने वताईएको छ ।  पार्टीले आफ्नो बैंक खाताको क्यु आर कोड सार्वजनिक गरेर पार्टीका सदस्य शुभचिन्तकहरुलाई स्वेच्छिक सहयोगका लागि आग्रह गरेको छ ।

यस अभियान अन्तर्गत सबै पार्टी सदस्य तथा शुभेच्छुकहरुले फोन पे र QR code मार्फत १ सय रुपैयाँको योगदान गर्न सकिनेछ । सहयोगले जिल्ला अधिबेशनलाई सम्पन्न गर्न मद्धत पुग्ने पार्टीले जनाएको छ ।

नेकपा एमाले धादिङको नवाैँ जिल्ला अधिवेशनकाे सहयाेगार्थ सबै पार्टी सदस्य तथा सहयाेगिहरुलाई एमाले बलियाे बनाउन अनुराेध गर्दै माघ ११ गते बिहीबारबाट  शुरु भएको क्यु आर प्रविधिबाट चन्दा सहयोग कार्यक्रम प्रति धेरै जनाले उत्साहपूर्वक समर्थन जनाउँदै आफ्नो स्वेइच्छाको रकम पठाईरहेको नेकपा एमालेका जिल्ला उप सचिव राधिका सापकोटाले जानकारी दिनु भयो । अभियान प्रति समथैन जनाउँदै पार्टीका जिल्ला तथा प्रदेश कमिटीका सदस्यहरु, पार्टीका संगठित सदस्यहरु, शुभचिन्तकहरुले आर्थिक सहयोग संगै क्यु आर सहितको पोष्ट गरेर व्यापक प्रचार प्रसार समेत गरिरहेका छन् ।


One thought on “एमाले धादिङको “पार्टीको लागि मेरो योगदान ~१ सय रुपैयाँको अभियान “

  1. धेरै राम्रो काम किन कसैलाइ थर्काउने धम्काउने गरेर जबर्जस्ति गर्नु भन्दा आफ्नै कार्यकर्ता माया गर्ने हरु बाट १०० रु एक सय उठाउदा कोइ कसैलाइ मर्का पनि त पर्दैन नि हैन र ??

Comments are closed.