पोखरा गोल्डकपः त्रिभुवन आर्मी क्लब बन्यो च्याम्पीयन

454 पटक पढिएको

२० माघ २०८०, शनिबार १६:४९ सम्पादक: धादिङ न्यूज

काठमाडौं। २३औं संस्करणको आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगितामा थ्री स्टार क्लबलाई हराउँदै त्रिभुवन आर्मी क्लब च्याम्पीयन बनेको छ।

पोखरा रंगशालामा आज भएको फाइनल खेलमा थ्री स्टारलाई ३–० ले पराजित गर्दै आर्मी पहिलोपटक च्याम्पियन बनेको हो।

आर्मीको जितमा जिलेस्पी जंग कार्की, फत्तेमान घले र बसन्त जिम्बाले एक–एक गोल गरे। जिलेस्पीले खेलको ३८औं मिनेटमा गोल गरे भने फत्तेमान घलेले ८३ औं मिनेट र अन्तिम समयमा बसन्त जिम्बाले तेस्रो गोल गरेका थिए।

यसअघि ४ पटकसम्म फाइनल पुगेर उपाधि जित्न नसकेको आर्मीले यसपटक च्यामिपयन बनेसँगै १२ लाख एक हजारसहित ट्रफी हार पा¥यो भने थ्री स्टारले ६ लाख एक हजारमा चित्त बुझायो।


Numerous of the content I’ve perused on this site are worth bookmarking for future reference. I am curious as to how much effort you put into developing such an exceptionally instructive website.