आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन अध्यादेश संसदमा पेस

109 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । सरकारले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन अध्यादेश, २०८० संसदमा पेस गरेको छ ।

सोमबारबाट सुरु भएको संघीय संसदको तेस्रो अधिवेशनमा अर्थमन्त्री डा। प्रकाशशरण महतले सो अध्यादेश प्रतिनिधिसभा बैठकमा पेस गर्नुभएको हो । त्यस अवसरमा उहाँले नेपाल सरकारको नीति तथा कार्यक्रम र वार्षिक बजेट पेस गर्ने र सो प्रक्रियामा हुने छलफलको अवधि पर्याप्त गर्ने उद्देश्यले सो अध्यादेश प्रतिनिधि सभा बैठकमा पेस गर्नुपरेको स्पष्ट पार्नुभयो ।

त्यसैगरी बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यावधि थप थर्ने आदेश पनि पेश गर्नुभयो ।

प्रतिनिधि सभाको अर्को बैठक माघ २४ गते बुधबार बिहान ११ बजे बस्नेगरी स्थगित गरिएको छ ।


One thought on “आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन अध्यादेश संसदमा पेस

  1. I appreciate your website, however I think you might check the spelling of a few of your postings. Even though I find it quite difficult to tell the truth because so many of them have spelling errors, I will most certainly return.

Comments are closed.