त्रिकोणात्मक एकदिवसीय श्रृंखलाको अन्तिम खेलमा आज नेपाल र क्यानडा भिड्दै

132 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं। नेपाल र क्यानडाबिच त्रिकोणात्मक एकदिवसीय श्रृंखलाको अन्तिम खेल आज हुँदैछ।

कीर्तिपुर क्रिकेट मैदानमा बिहान सवा ९ बजे सुरु हुने खेलमा नेपाल आज सिरिज क्लिन स्विप गर्ने लक्ष्यमा मैदान उत्रिदै छ।

क्यानडा भने पहिलो जितको खोजीमा मैदान प्रवेश गर्नेछ। सिरिजको पहिलो खेलमा नेपालले ७ रन र दोस्रो खेलमा ४ विकेटले क्यानडामाथि जित हात पारेको थियो।

नेपाल एक खेल अगावै विजेता बनिसकेको छ। यो श्रृंखला लगत्तै नेपालले नामिबिया र नेदरल्याण्ड्स सम्मिलत त्रिकोणात्मक लिग टु सिरिज खेल्नेछ।

सिरिज फागुन ३ देखि १३ सम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ। नेपालले फागुन ३ र ७ गते नामिबिया तथा फागुन ५ र १३ गते नेदरल्याण्ड्ससँग खेल्नेछ।