इंग्लीश प्रिमियर लिगमा चेल्सीसँग क्रिष्टल प्यालेस पराजित

111 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा चेल्सीले क्रिष्टल प्यालेसलाई ३–१ ले हराएको छ । प्यालेसको मैदानमा सोमबार भएको खेलमा घरेलु टोलीका जेफर्सन लेर्माले पहिलो गोल गरे ।

तर चेल्सीका कोनोर गालाघरले दुई तथा इन्जो फर्नान्डेजले एक गोल गरेपछि टोली ३–१ ले विजयी भयो । जितसँगै चेल्सीले प्रशिक्षक मौरिसियो पोचेटिनोमाथिको दबाब मत्थर पार्दा प्यालेसका प्रशिक्षक रोय हज्सनमाथिको दबाब भने बढेको छ ।

गएरातिको खेलपछि प्रिमियर लिगको अंक तालिकामा २४ खेलबाट ५४ अंक जोडेको लिभरपुल शीर्ष स्थानमा यथावत छ । एक खेल कम खेलेको म्यान्चेस्टर सिटी ५२ अंकसहित दोस्रो स्थानमा रहँदा २४ खेलबाट ५२ अंक जोडेको आर्सनल तेस्रो स्थानमा छ । ३४ अंक मात्रै जोडेको चेल्सी भने तालिकाको दशौं स्थानमा रहेको छ ।