एमबाप्पे रियल मड्रिड जान सहम

106 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । पेरिस सेन्ट जर्मेन पीएसजीका फरवार्ड केलियन एमबाप्पे रियल मड्रिड जान सहमत भएका छन् । फ्रान्सेली फरवार्ड यसै सिजन रियल मड्रिड जान सहमत भएका हुन् ।

फ्रान्सका २५ वर्षका कप्तानले पीएसजी छाड्ने इच्छा ब्यक्त गर्दै आएका थिए । आगामी जुनमा उनको पीएसजीसँगको सम्झौता सकिदैछ ।

एम्बाप्पेले रियल मड्रिडसँग सम्झौता गरिसकेका छैनन् तर दुवै क्लब यस च्याम्पियन्स लिगमा नभेटिने अवस्थामा सम्झौताको घोषणा हुन सक्नेछ ।

विश्व विजेता एमबाप्पले पीएसजीका लागि कीर्तिमानी २ सय ४४ गोल गरेका छन् ।