गठबन्धन कुनैपनि बेला फुट्न सक्छ: ओली

50 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धन कुनैपनि बेला फुट्न सक्ने बताउनुभएको छ ।

सत्तारुढ गठबन्धनलाई खरानीको डल्लोको रुपमा चित्रण गर्दै अध्यक्ष ओलीले त्यो सुक्यो भने पनि फुट्ने र भिज्यो भने पनि फुट्नसक्ने टिप्पणी गर्नुभयो ।

बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा अध्यक्ष ओलीले आफूहरुले दिएको सुझाव नसुनेर सरकारले दम्भ देखाइरहेको आरोप समेत लगाउनुभयो । उहाँले सत्तारुढ प्रमुख घटक काँग्रेस प्रतिगामी सोचका साथ अघि बढिरहेको जिकिर पनि गर्नुभयो ।

अध्यक्ष ओलीले कांग्रेस महासमिति बैठकले संविधान संशोधनको कुरा गरेपनि सम्भव नभएको बताउनुभयो । उहाँले कांग्रेस एक्लैले संविधान संशोधन गर्नसक्ने अवस्था नरहेको बताउनुभयो

अध्यक्ष ओलीले कांग्रेसले प्रतिगामी सोच राखेकाले एमालेले सहयोग गर्ने कुनैपनि ठाउँ नरहेको बताउनुभयो ।


One thought on “गठबन्धन कुनैपनि बेला फुट्न सक्छ: ओली

Comments are closed.