एमाले धादिङको जिल्ला कमिटीमा थपिए ६ जना, तोकिए पालिका र जवसको इन्चार्ज

1292 पटक पढिएको

सम्पादक: Dhading News

धादिङ,१७ फागुन । नेकपा एमाले धादिङको नवौं जिल्ला अधिबेशनबाट गठन भएको जिल्ला कमिटिको प्रथम बैठक बुधवार धादिङबेसीमा सम्पन्न भएको छ । पार्टी अध्यक्ष भूमी त्रिपाठीको अध्यक्षतामा बसेको बैठकले गजुरीका दिपक खतिवडा, धुनीबेसीका मनोज लामा, ज्वालामुखीका रणबहादुर शाही, सिद्धलेकका प्रेमनाथ सिलवाल, नीलकण्ठका पार्वती राई खाँण र नीलकण्ठका हरीबहादुर श्रेष्ठलाई जिल्ला कमिटिमा मनोनित गरेको छ ।नवौं जिल्ला अधिबेशनले लेखा आयोगका पदाधिकारी सहित १ सय १२ सदस्यिय जिल्ला कमिटीको चयन गरेको थियो ।

बैठकले फागुन १ गते सम्पन्न भएको नवौं जिल्ला अधिवेशनबाट जिल्ला कमिटीमा चयन भएका पदाधिकारी तथा सदस्यहरुलाई विभिन्न जिम्मेवारी बाँडफाँड समेत गरेको छ । नवौं अधिबेशनपछि फागुन १६ गते बुधबार धादिङबेसी स्थित पार्टी कार्यालयमा सम्पन्न प्रथम बैठकले जिल्ला कमिटीमा ६ जना सदस्यको मनोनयन गर्नुका साथै पालिका इन्चार्ज, विभाग प्रमुख र वर्गिय संगठनको इन्चार्जहरुको समेत चयन गरि जिम्मेवारी बाँडफाँड गरेको एमालेले जनाएको छ ।

पालिका इन्चार्जमा को को परे ?
पालिका इन्चार्जको जिम्मेवारी पाउनेहरुमा धुनिवेशी नगरपालिकामा उर्मिला रेग्मी रुपाखेती, थाक्रे गाउँपालिकामा केदारप्रसाद पाठक, गल्छी गाउँपालिकामा हिरादेवी रेग्मी, गजुरी गाउँपालिकामा रंग थपलिया, बेनिघाट रोराङ गाउँपालिकामा राजेन्द्र विक्रम वस्नेत, सिद्धलेक गाउँपालिकामा गोविन्द कँडेल, नीलकण्ठ नगरपालिकामा बेदनीधि पाठक (बेनि), ज्वालामुखी गाउँपालिकामा अर्जुन कुमार श्रेष्ठ, नेत्रावती डवजङ गाउँपालिकामा भरत ढुंगाना, त्रिपुरासुन्दरी गाउँपालिकामा भक्तबहादुर लामिछाने, गंगाजमुना गाउँपालिकामा गोपाल गुरुङ, खनियावास गाउँपालिकामा हरी थापा मगर र रुवीभ्याली गाउँपालिकामा प्रज्वल तामाङ रहेका छन् ।

ककस्ले पाए विभागिय प्रमुखको जिम्मेवारी

बैठकले पालिका इन्चार्जका साथै पार्टीको २२ वटा जनसंगठन र जिल्लाका १ सय ४ वटै वडा कमिटिको लागि पनि इन्चार्ज तोकेको जनाएको छ । नेकपा एमाले बैठकले ८ ओटा विभागहरु गठन गरेर संगोजक तोकेको छ । संगठन विभागमा राधिका सापकोटा, प्रचार तथा प्रकाशन विभागमा शंकर श्रेष्ठ, पार्टी स्कुल विभागमा उर्मिला रेग्मी, निर्वाचन विभागमा कुमार विक, स्थानीय विकास विभागमा केदारनाथ खतिवडा, गोकर्ण रुपाखेतीको संयोजकत्वमा सामाजिक सेवा विभाग, वेग बहादुर पाण्डेको संयोजकत्वमा वित्त तथा कोष व्यवस्थापन विभाग, सहकारी तथा गरिबी निबारण विभागमा पार्वती राई खाणँ र विपद व्यवस्थापन तथा स्वयंसेवा विभागमा योगेन्द्र कुमार बस्नेतलाई जिम्मेवारी दिइएको एमाले धादिङले जनाएको छ ।

सचिवलायमा को को समेटिए ?
बैठकले पदाधिकारी सहित २४ सदस्यिय सचिवालय गठन गरेको छ । सचिवालयमा अध्यक्ष भूमि त्रिपाठी, उपाध्यक्ष अर्जुन श्रेष्ठ, सचिव राधिका सापकोटा, उपसचिव उर्मिला रेग्मी, भक्तबहादुर लामीछानेका साथै केदार पाठक धुनीबेसी, राजेन्द्र विक्रम बस्नेत गजुरी, केदारनाथ खतिवडा गल्छी, गोबिन्द कँडेल बेनिघाटरोराङ, बेधनिधि पाठक (बेनी) सिद्धलेक, भरत ढुंगाना नीलकण्ठ, बलबहादुर अधिकारी गंगाजमुना, गोपाल गुरुङ त्रिपुरासुन्दरी, प्रज्वल तामाङ रुबीभ्याली, प्रेम सिलवाल सिद्धलेक, हरीबहादुर थापामगर ज्वालामूखी, हिरादेबी रेग्मी बेनिघाट, गोकर्ण रुपाखेती थाक्रे, राजेन्द्र (राजिव) तामाङ धुनीबेसी, दिपक खतिवडा गजुरी, सरिता श्रेष्ठ ज्वालामूखी, पार्वती राई खाँण नीलकण्ठ र  कुमार वैरागी विक थाँक्रे रहेको नामावली सार्वजनिक गरेको छ ।
नेकपा एमालेले जेठ मसान्त भित्र सबैपालिका वडा र टोल कमिटी र बैशाख १५ गतेभित्र सबैपालिका कमिटीका अधिवेशन सम्पन्न गर्ने वताएको छ ।


One thought on “एमाले धादिङको जिल्ला कमिटीमा थपिए ६ जना, तोकिए पालिका र जवसको इन्चार्ज

  1. सचिवालय सदस्य तथा गजुरी इन्चार्ज रंग प्रसाद थपलिया लेखिएन नि के भयछ।

Comments are closed.