वाफ महिला च्याम्पियनसिप फुटबलको उपाधि जोर्डनलाई

91 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । नेपाललाई हराउँदै जोर्डनले वाफ महिला च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ । साउदी अरबियाको जेद्दाहमा बिहीबार राति भएको फाइनल खेलमा नेपाललाई पेनाल्टी सुटआउटमा हराउँदै जोर्डनले छैटौं पटक उपाधि जितेको हो ।

पश्चिम एसियाली फुटबल फेडेरेसन (वाफ) महिला च्याम्पियनसिपको उपाधि भिडन्तको निर्धारित ९० मिनेटको खेल २–२ गोलको बराबरीमा टुंगिएको थियो ।

खेलमा नेपालका लागि सविता रानामगर र गीता रानाले एक एक गोल गर्दा जोर्डनकी लाना फेरस र साराह अबु सबाहले दुई गोल गरेका थिए । पेनाल्टी शुट आउटमा ने नेपाल ५–३ ले पराजित भयो ।

नेपाली महिला फुटबल टिमले खेलेको यो ११औँ फाइनल हो । नेपालले हालसम्म कुनै पनि प्रतियोगिताको उपाधि जित्न भने सकेको छैन ।

नेपालले यसअघि पाँचपटक साफ महिला च्याम्पियनसिप, तीनपटक साग गेम्सअन्तर्गतको महिला फुटबल, एकपटक हिरो कप र एकपटक नादेज्दा कपको फाइनल खेले पनि सबैमा हार बेहोरेको थियो ।