मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको नियुक्ति

503 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ/images (3)आगामी मंसिर ४ गते हुन गईरहेको संविधान सभा सदस्य निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगले देशैभरीका लागि मुख्य तथा निर्वाचन अधिकृतहरुको नियुक्ति गरेको छ । यसैक्रममा धादिङ जिल्लाको तीन वटै क्षेत्रमा पनि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्र्तगत मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको नियुक्ति गरिएको छ ।
निर्वाचन आयोगको भदौ २० गतेको निर्णय अनुसार धादिङ जिल्लाको मुख्य निर्वाचन अधिकृतमा रमेशराज पोखरेललाई नियुक्ति गरिएको छ । पोखरेलले क्षेत्र नम्बर २ को निर्वाचन अधिकृतको जिम्मेवारी समेत वहन गर्नुहुनेछ । आयोगको निर्णयअनुसार क्षेत्र नम्बर १ को निर्वाचन अधिकृतमा श्रीप्रसाद सञ्जेल र क्षेत्र नम्बर ३ को निर्वाचन अधिकृतमा ध्रुवकुमार उप्रेतीलाई जिम्मेवारी दिईएको छ । मुख्य निर्वाचन अधिकृत पोखरेल जिल्ला अदालत धादिङको न्यायधिश हुनुहुन्छ ।