‘२८६०औं सोनाम ल्होछार डुग ल्हो’को अवसरमा कोलोराडोमा गरियो बिभिन्न सांस्कृतीक कार्यक्रम र शुभकामना आदानप्रदान

156 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । २८६०औं सोनाम ल्होछार डुग ल्होको पावन अवसरमा अमेरिकाको कोलोराडोमा बिभिन्न सांस्कृतीक कार्यक्रमका साथ शुभकामना आदान प्रदान कार्यक्रम भव्यरुपमा सम्पन्न भएको छ । तमाङ समाज कोलोराडोको आयोजनामा कोलोराडो निवासी तमाङ समुदायले आफ्नो संस्कृती परंपरा अनुसार सोनाम ल्होछार मनाएका हुन् ।

शनिबार साँझ कोलोराडोको बोल्डर नगरमा संम्पन्न कार्यक्रम, प्रमुख अतिथी एनआरएन कोलोराडो च्याप्टरका अध्यक्ष प्रकाश पौडेल र कार्यक्रमका सभापती संन्दिप लामाले संयूक्त रुपमा पानसमा बत्तीबालेर उद्धाटन गरिएको थियो ।

कार्यक्रममा चर्चित गायक मिलन लामा, चर्चित दोहोरी गायिका संगीता थापा मगर, गायक आङगेलु शेर्पा, मोडल डान्सर रश्मी तमाङ लगायतका कलाकार, कोलोराडोमा सकृय संघ संस्थाका प्रतिनिधी, गन्यमान्य, व्यवसाही, पत्रकार तथा नेपाली भाषी बा आमा, दाजुभाई दिदी बहिनीहरुको बाक्लो उपस्थिती रहेको थियो । कार्यक्रममा उपस्थित अतिथीहरुलाई खादा लगाई दिई सम्मान गरिएको थियो । कार्यक्रममा तमाङ, शेर्पा, गुरुङ समुदायका सहभागीहरु आ—आफ्नो परंपरागत पहिरहनमा सजिएर सहभागी भएका थिए ।

संगीता लामा लामीछानेद्धारा संचालित कार्यक्रमा बुद्धिमान वाइबाले उपस्थित सबैलाइ स्वागत गदै यसको महत्व बारे प्रकाश पारेका थिए । यसैगरी कार्यक्रमका प्रमुख अतिथी प्रकाश पौडेलले सोनाम ल्होछारको सबैलाई शुभकामना दिदै कोलोराडोमा रहेका सबै संघ संस्थाहरु संग हातेमालो गदै अगाडी बढ्न एनआरएन कोलोराडो सधै तत्पर रहेको भन्दै कार्यक्रम सफलताको कामना गरे ।

यसैगरी कार्यक्रमका सभापती तथा तमाङ समाज कोलोराडोका संयोजक संन्दिप लामाले हाम्रो भाषा संस्कृती हराए हाम्रो पहिचाहनै हराउने छ भन्दै यसलाइ आफ्नो सन्ततीमा जस्ताको तस्तै हस्थान्तरण गर्ने बाताबरण सृजना गर्न सबैलाइ अनुरेध गरे । स्थानीय समुदायलाई तमाङ संस्कृतीको पहिचाहन गराउनुको साथै संस्कृती जोगाईराख्न कार्यक्रम आयोजना गरिएको बताए । संयोजक लामाले कार्यक्रम सफल बनाउन बिभिन्न माध्यमबाट सहयोग पु¥याउने तथा यस समारोहमा उपस्थित सबैलाई धन्यवाद दिदै औपचारिक समारोह अन्त्य गरेका थिए ।

कार्यक्रमको दोश्रो चरणमा गीत, संगीत, नृत्य लगायतका बिभिन्न मनोरञ्जनात्मक कार्यक्रमबाट सहभागीहरुलाई भरपुर मनोरञ्जन प्रदान गरिएको थियो । चर्चित गायक मिलन लामा, चर्चित दोहोरी गायिका संगीता थापा मगर, गायक आङगेलु शेर्पा, म्हेन्दोमाया गायक बुद्धिमान वाइबा, मोडल डान्सर रश्मी तमाङ लगायतका स्थानीय कलाकारहरुबाट बिभिन्न चर्चित गीतहरु गाएर सहभागीहरुलाई नचाएका थिए । तमाङसेलो, म्हेन्दोमाया, कौडा, दोहोरी जस्ता बिभिन्न गीत संगित र मोडर्न, डिजेमा कलाकारहरुले कुशल नृत्य प्रश्तुत गरेर सहभागी दर्शकहरुको मन जितेका थिए ।