आईपीएलमा कोलकाताको रोमाञ्चक जित

388 पटक पढिएको

११ चैत्र २०८०, आईतवार १५:१७ सम्पादक: धादिङ न्यूज

काठमाडौँ। इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदरावादमाथि रोमाञ्चक जित हासिल गरेको छ।

गएराति सम्पन्न खेलमा कोलकाताले हैदरावादलाई ४ रनले पराजित गरेको हो।

कोलकाताले दिएको २०९ रनको लक्ष्य पछ्याएको हैदरावादले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २०४ रन मात्रै बनाउन सक्यो।