आइपिएल क्रिकेटमा दिल्लीसँग चेन्नई पराजित
171 पटक पढिएको
काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा दिल्ली क्यापिटल्सलेले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ। राति भएको खेलमा दिल्लीले चेन्नईलाई २० रनले हराउँदै पहिलो जित निकाल्यो। जितका लागि दिल्लीले प्रस्तुत गरेको १ सय ९२ रनको लक्ष्य पछ्याउने क्रममा चेन्नईले २० ओभरमा १ सय ७१ रन मात्र जोड्न सक्यो।
आइतबार नै भएको खेलमा सनराइज हैदरबादलाई गुजरात टाइटन्सले ७ विकेटले हरायो।
प्रतियोगिता अन्तरगत आज मुम्बई र राजस्थान खेल्नेछन्। दुई खेल जितेको राजस्थानको चार अंक छ भने दुवै खेल हारेको मुम्बई तालिकाको पुछारमा छ।