आइपीएल क्रिकेटमा राजस्थान रोयल्सको लगातार तेस्रो जित

72 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा खेलमा राजस्थान रोयल्सले मुम्बई इन्डियन्सलाई पराजित गरेर लगातार तेस्रो जित निकालेको छ।

घरेलु मैदान वागंखडे क्रिकेट स्टेडियममा यस सिजनको तेस्रो हार मुम्बईले ६ विकेटको हार व्यहार्यो। मुम्बईले दिएको १२६ रनको लक्ष्य राजस्थानले १५ दशमलब ३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो।​

टिम डेबिडले १७ रन तथा ओपनर इशान किशनले १६ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउँन सकेनन्।

राजस्थानका लागि ट्रेन्ट बोल्ड र युजभेन्द्र चहलले समान ३ तथा नान्र्दे बर्गरले २ विकेट लिए। लगातार तेस्रो जितका साथ राजस्थान शीर्ष स्थानमा उक्लिएको छ। तेस्रो हार व्यहोरेको मुम्बई अंक तालिकाको पुछारमा कायमै छ।