आईपीएल क्रिकेटमा मुम्बईको पहिलो जित, लखनउसँग गुजरात पराजित

111 पटक पढिएको

सम्पादक: Dhading News

काठमाण्डौ – इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा मुम्बई इण्डियन्सले यो सिजनमा पहिलो पटक जितेको छ । हिजो भएको पहिलो खेलमा मुम्बईले दिल्ली क्यापिटल्सलाई २९ रनले हराएको हो ।

मुम्बईले दिएको २ सय ३५ रनको लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै २ सय ५ रन मात्र बनाउन सक्यो । दिल्लीका लागि ट्रिस्टन स्टब्सले सर्वाधिक ७१ रन बनाए । मुम्बईका लागि जेराल्ड कोट्जीले सर्वाधिक ४ विकेट लिए ।

यसैबीच, आईपीएलको हिजोको दोस्रो खेलमा लखनउ सुपर जाएन्ट्सले गुजरात टाईटन्सलाई ३३ रनले हराएको छ । लखनउले दिएको १ सय ६४ रनको लक्ष्य पछ्याएको गुजरातले १८ ओभर ५ बलमा सबै विकेट गुमाउँदै १ सय ३० रन मात्र बनाउन सक्यो । गुजरातका लागि साई सुदर्शनले ३१ रन बनाए ।

आईपीएलमा आज चेन्नई सुपर किंग्स र कोलकत्ता नाइट राइडर्स खेल्दैछन् । खेल चेन्नईमा नेपाली समय अनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ ।