आइपीएलमा मुम्बईको दोस्रो जित, बेंग्लुरुको पाँचौं हार

78 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । इन्डियन प्रिमियर लिग आइपीएलमा मुम्बई इन्डियन्सले दोस्रो जित हात पारेको छ । यस्तै रोयल च्यालेन्जर्स बेंग्लुरुले पाँचौं हार व्यहोरेको छ ।

गएराती भएको खेलमा बेंगलुरुले निर्धारित ओभरमा ८ विकेट गुमाएर १९६ रन बनाएको थियो । जवाफमा मुम्बईले १५.३ ओभरमा ३ विकेट गुमाएर १९९ रन बनाउँदै ७ विकेटको जित दर्ता गर्न सफल भयो ।

दोस्रो जित पछि मुम्बई ४ अंकका साथ तालिकाको सातौं स्थानमा छ भने लगातार हार व्यहोरेको बेंग्लुरु २ अंकका साथ नवौं स्थानमा छ ।