इंग्लिस प्रिमियर लिग फुटबलमा आज ६ वटा खेल हुँदै

73 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आज ६ वटा खेल हुँदैछन् । आजको पहिलो खेलमा बेलुका सवा ५ बजे टोटनहम र न्यूक्यासल, बेलुका पौने ८ बजे म्यानचेष्टर सिटी र लुटन टाउन, ब्रेन्टफोर्ड र सेफिल्ड यूनाइटेड, नटिङघम फरेस्ट र उल्भ्स, बर्नली र ब्राइटन तथा राति सवा १० बजे म्यानचेस्टर यूनाइटेड र बर्नमाउथ खेल्दैछन् ।

प्रिमियर लिगको अङ्क तालिकामा ३१ खेलमा ७१ अङ्कसहित आर्सनल शीर्ष, समान खेलमा ७१ अङ्क नै रहेको लिभरपुल दोस्रो, सिटी ७० अङ्कसहित तेस्रो र टोटनहम ६० अङ्कसहित चौथो स्थानमा छ ।