आइपीएल क्रिकेटमा राजस्थानद्वारा पन्जाब पराजित

70 पटक पढिएको

सम्पादक: Dhading News

काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा राजस्थान रोयल्सले पन्जाब किङ्सलाई ३ विकेटले पराजित गरेको छ । एक सय ४८ रनको लक्ष्य पाएको राजस्थानले १९ ओभर ५ बलमा ७ विकेट गुमाएर पूरा गर्‍याे ।

राजस्थानका यसस्वी जैसवालले सबैभन्दा धेरै ३९ रन बनाए । पन्जाबका कागिसो राबडा र साम कुरानले २–२ विकेट लिए ।

 ४ अङ्कसहित पन्जाब आठौँ स्थानमा छ । आइपीएल क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । पहिलो खेलमा दिउँसो पौने ४ बजे कोलकत्ता नाइट राइडर्स र लखनउ सुपर जाइन्ट्स तथा दोस्रो खेलमा बेलुका पौने ८ बजे मुम्बइ इण्डियन्स र चेन्नइ सुपर किंग्स खेल्दैछन् ।