आईपीएलमा कोलकातासँग लखनउ र चेन्नइसँग मुम्बई पराजित

34 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

एजेन्सी । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले लखनउ सुपर जाइन्टलाई ८ विकेटले पराजित गरेको छ । लखनउले दिएको एकसय ६२ रनको लक्ष्य कोलकाताले १५ ओभर ४ बलमा २ विकेट गुमाएर पूरा गर्यो ।

यस्तै गएराति सम्पन्न आईपीएलकै अर्को खेलमा चेन्नई सुपर किंग्सले मुम्बई इण्डियन्सलाई २० रनले हरायो । चेन्नईले दिएको दुई सय ७ रनको लक्ष्य पछ्याएको मुम्बइ ६ विकेट गुमाएर एक सय ८६ रनमै समेटियो ।

आईपीएलमा आज बेलुका पौने आठ बजे रोयल च्यालेन्जर्स बैंङलुरु र सनराइजर्स हैदरावाद खेल्दैछन् ।