आईपीएल क्रिकेटमा आज चेन्नई र लखनउ प्रतिष्पर्धा गर्दै

26 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज चेन्नई सुपर किङ्ग्स र लखनउ सुपर जाइन्ट्स खेल्दैछन् । यो खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे लखनउमा शुरु हुनेछ ।

यो सिजनमा चेन्नई र लखनउले अहिलेसम्म ६ खेल खेलेका छन् । जसमा चेन्नई ४ जितका साथ तालिकाको तेस्रो स्थानमा छ । लखनउ तीन जितसहित पाँचौँ स्थानमा छ । साविक विजेता चेन्नई आईपीएल क्रिकेटमा सफलमध्येको एक टोली हो । उसले पाँच पटक उपाधि जितेको छ ।

यसअघि दुई सिजन खेलेको लखनउ प्लेअफसम्म पुगेको थियो । आईपीएल क्रिकेटमा गए राति भएको खेलमा मुम्बई इन्डियन्सले पञ्जाब किङग्सलाई ९ रनले हराएको थियो ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *