आइपिएलमा दिल्लीमाथि हैदरावादको शानदार जित

357 पटक पढिएको

९ बैशाख २०८१, आईतवार १३:०० सम्पादक: धादिङ न्यूज

काठमाडौं । इंडियन प्रिमियर लिग (आइपिएल) सनराईजर्स हैदरावादले दिल्ली क्यापिटल्स माथि शानदार जित निकालेको छ। विष्फोटक ब्याटिङ गरेको हैदरावादले दिल्लीलाई उसैको मैदानमा ६७ रनले हरायो।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हैदरावादले उत्कृष्ट ब्याटिङ सहित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय ६६ रनको विशाल योगफल खडा गरेको थियो। ​

जित पछि हैदरावाद ७ खेलमा ५ जितसहित १० अंक बटुल्दै दोस्रो स्थानमा उक्लिएको छ। दिल्ली सातौं स्थानमा छ।

आईपिएलमा आज २ खेल हुँदैछन्। दिउँसो पौने ४ मा कोलकता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेंगलूरु तथा बेलुका पौने ८ बजे पञ्जाब किंग्स र गुजरात टाईटन्स भिड्ने छन्।