आईपीएलमा गुजरातसँग पञ्जाब तीन विकेटले पराजित

20 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

एजेन्सी । इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा गुजरात टाईटन्सले पञ्जाब किंग्सलाई तीन विकेटले हराएको छ । गएराति भएको खेलमा पञ्जाबले दिएको एक सय ४३ रनको लक्ष्य गुजरातले पाँच बल बाँकी छँदै सात विकेट गुमाएर भेट्टायो ।

यो जितसँगै गुजरात आठ खेलमा आठ अङ्कसहित छैटौं र पन्जाब आठ खेलमा चार अङ्कसहित नवौं स्थानमा छ । यसअघि हिजो भएको पहिलो खेलमा कोलकाता नाइट राइडर्सले रोयल च्यालेनजर्स बेंगलूरुलाई एक रनले हराएको छ ।

कोलकाता सात खेलमा १० अङ्कसहित दोस्रो स्थानमा उक्लिएको छ । बेंगलुरु आठ खेलमा दुई अङ्कसहित तालिकाको पुछारमा छ । आईपीएलमा आज राजस्थान रोयल्स र मुम्बई इण्डियन्स खेल्दैछन् । जयपुरमा हुने खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे हुने छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *