इन्टर मिलान बन्यो इटालियन सिरी ‘ए’ फुटबलको च्याम्पियन

22 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

एजेन्सी ।  इन्टर मिलान यस सिजन (२०२३–२४) को इटालियन सिरी ‘ए’ फुटबलको च्याम्पियन बनेको छ । मिलानोमा गएराति भएको मिलान डर्वीमा एसी मिलानलाई २–१ गोलले हराउँदै इन्टर च्याम्पियन बनेको हो । इन्टरले २० औँ पटक सिरी ‘ए’ को उपाधि जितेको छ । इन्टर यो सिजन पाँच खेल अगावै च्याम्पियन बन्न सफल भयो ।

तालिकामा शीर्ष स्थानमा रहेको इन्टरले दोस्रो स्थानको एसी मिलानलाई १७ अङ्कले पछि पारेको छ । इन्टरले बाँकी सबै खेलमा हार र मिलानले सबै खेलमा जित निकालेपनि अब उपाधिका लागि कुनै फरक पर्ने छैन । मिलानले १९ औँ पटक यो उपाधि जितेको छ । युभेन्ट्सले कीर्तिमानी ३६ पटक उपाधि जितेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *